राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अबदेखी टिकट सुल्क लाग्ने

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अबदेखी टिकट सुल्क लाग्ने भएको छ । यही श्रावन १ गतेदेखी ओपिडि कार्ड बनाउदा सुल्क लगाउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अब एउटा ओपिडि कार्ड बनाउदा २० रुपैयाँ लाग्ने छ भने एकपटक बनाई सकेको कार्डलाई पुनः दर्ता गर्दा १० रुपैयाँ लाग्ने भएको छ ।

विगतमा यसरी नै सेवाग्राहीसँग सुल्क लिदै आएको अस्पतालले केही बर्ष अगाडी देखी निसुल्क रुपमा ओपिडि कार्ड बनाउन सुरु गरेको थियो । ओपिडि कार्डमा सेवाग्राहीलाई छुट दिएको रकम प्रदेश सरकारले उपलब्ध गराउने सहमती भएको थियो । तर, सरकारले अहिलेसम्म सोही बाफतको २० लाख रुपैया दिन नसकेपछी सेवाग्राहीबाटै सुल्क लिने तयारी गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८१ असार ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस