दाङ, २७ असार । फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसीपुर दाङले स्वर्गीय ललित बुढाको स्मृति दिवस मानव सेवा आश्रम तुलसीपुरमा मनाएको छ ।
फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसीपुर दाङका संजाल समेत रहेका बुढाको २०७७ असार २७ गते सवारी दुर्घटना भइ मृत्यु भएको थियो । त्यहीँ अवसर पारेर आज फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसीपुरले मानव सेवा आश्रम तुलसीपुरमा ५८ जनालाई बिहानीको खाजा खुवाएर स्वर्गीय बुढाको चाैथाे स्मृति दिवस मनाएको हो ।
आजकै दिन स्वर्गीय ललित बुढाको बुवा स्वर्गीय शेरसिंह बुढा मगरको पनि मृत्यु भएको थियो ।

स्वर्गीय बुढाको स्मृतिमा बोल्दै लायन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसीले पछिल्लो समयमा फेलोसिप लाउरे ट्रेनिङ सेन्टरले ट्रेनिङ गर्ने विद्यार्थीहरुलाई केवल ट्रेनिङ मात्र नगराई सामाजिक कार्यमा अझ त समाजलाई उत्तरदायित्व बोध हुने गरि सामाजिक कार्य गर्दै आइरहेको बताएका थिए ।
त्यस्तै उनले स्वर्गीय बुढालाई सम्झिँदै हजारौं युवाहरुलाई एउटा सच्चा राष्ट्र सेवकको रुपमा स्थापित गर्ने लक्ष्यकासाथ ट्रेनिङ सेन्टर खोलेका थिए तर समय बस उनको मृत्यु हुन पुग्नु दुखद भन्दै दुख व्यक्त समेत गरेका थिए ।
त्यस्तै फेलोसिप लाउरे ट्रेनिङ सेन्टरका संचालक राजु यरीले आफूहरुले एउटा लक्ष्यका साथ हजारौं युवाहरूलाई नेपालमै राष्ट्रसेवकको रुपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यका साथ संचालन गरिएको तर बीचैमा आफूले आफ्नो साथीलाई गुमाउनु पर्दा धेरै दुःख बोध गर्नु परेको बताएका थिए ।
त्यस्तै उनले साथीले बीचमै छोडेर गएपनि साथीको सपनालाई पूरा गर्न आफू निरन्तर लागिरहेको र लागिरहने समेत बताएका थिए ।
उक्त कार्यक्रममा स्वर्गीय ललित बुढाकी भतिजी मीना बुढा मगर, पत्रकार विभिन्न संस्थामा आवद्ध व्यक्तितत्वहरु साथै फोलोसिप लाहुरे ट्रेनिङ सेन्टरमा ट्रेनिङ गर्ने भाई बहिनीहरुको समेत सहभागिता रहेको थियो ।


