बिजौरी । जनता संस्कृत मावि बिजौरीमा जुनियर रेडक्रस सर्कल र बालक्लब गठन गरिएको छ । गठन गरेको समितिले २०८१ का लागि १३ सदस्य सर्कल बनाएको छ ।
जसको अध्यक्षमा कृतिमा राना, उपाध्यक्षमा खिमबहादुर बिक, सचिवमा रमेश कुसारी, उप–सचिवमा गिता पौडेल र कोषाध्यक्षमा योगमाया रावल चयन भएका छन् । सदस्यहरु लक्ष्मी घर्ती मगर, प्रतिक्षा चौधरी, मिना डाँगी, प्रमिस चौधरी, सुस्मिता बुढा, सञ्जय चौधरी, पवन रावल र श्रीराम चौधरी चयन भएका छन् ।
यसैगरी जुनियर रेडक्रस सर्कल शिक्षक नायकमा पुःन शकर आशिष आचार्यको चयन भएका छन् भने सहायक शिक्षक नायकमा अन्जना बस्नेत चयन भएकी छिन् ।

यस्तै बाल क्लव समितिको अध्यक्षमा नन्दा बिक, उपाध्यक्षमा बिकेश चौधरी, सचिवमा प्रिया घर्ती, सह–सचिवमा अस्मिता चौधरी र कोषाध्यक्षमा मिनराज चौधरी चयन भएका छन् । सदस्यहरुमा सुशिला चौधरी, अमृत चौधरी, आयुषा चौधरी, सुशिल सुनार, सृष्टि चौधरी, देबेन्द्र भण्डारी, सोनु नेपाली र क्रिसिका बिएम रहेका छन् ।
त्यस अवसरमा उपस्थित वक्ताहरुले जुनियर रेडक्रस सर्कल र बाल क्लव पहिलेदेखि नै प्रसंशनीय काम गर्दै आएको बताएका छन् ।
जुनियर रेडक्रस सर्कलका निवर्तमान अध्यक्ष बिष्णु कुमारी वलीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक पदमबहादुर रावतको प्रमुख आतिथ्यता एंव विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर डाँगी र जुनियर रेडक्रस सर्कल शिक्षक नायक शंकर आशिष आचार्यको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।


