तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१/०८२ का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक गरिन् ।
उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशुतर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०।५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ ।
पशुतर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँया विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्यतर्फ नौ करोड ५९ लाख ४० हजार, कृषितर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शीर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति : २०८१ असार १० गते सोमवार


