नारायणपुर उवासंघमा मनार्थ सदस्य मनोनित

नारायणपुर । दाङको नारायणपुर उद्योग वाणिज्य संघले मानार्थ सदस्य मनोनित गरेको छ । आज शुक्रबार बसेको संघको बैठकले तीन जनालाई मानार्थ सदस्यमा मनोनित गरेको हो ।


संघले केशब थापा, रेखा केसी र अजयदीप शर्मालाई मानार्थ सदस्यमा मनोनित गरेको हो ।
संघको नवौं अधिवेशन पश्चात रिक्त रहेको मानार्थ सदस्य आज मनोनित गरिएको हो । थापा लामो समयदेखि शिक्षण पेसामा आवद्ध रहेका छन् । थापा नारायणपुर उद्योग वाणिज्य संघको विधान मस्यौदा समितिका सदस्य समेत हुन् ।

त्यस्तै केसी संघको निवर्तमान कोषाध्यक्ष हुन् भने शर्मा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध रहेका छन् ।


संघका अध्यक्ष अनिल बस्नेतको अध्यक्षतामा बसेको बैठकको सहजीकरण महासचिव विष्णु डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस