हेल्पर अनिता बनिन ग्रेडर अप्रेटर´

दाङ । मान्छेको आफ्नै खुट्टाको त भर हुदैन । यो त गाडी हो डर त लागि हाल्छ नि ´ बर्दियाकि अनिता चौधरीले ग्रडेरको ब्रेक दबाउदै भनिन । घोराही उपमहानगरपालिका वडा न ११ को पलासीपुरमा सडक पिच गर्नु पुर्ब चौधरीले सडक ग्राभेल गर्नको लागि उनी ग्रेडर चलाउदै थिइन ।

सडकमा ग्राभेल गर्न ग्रेडर आफैले चलाएर जादा उनलाइ हेर्न मानिसहरुको जमात नै थियो । त्यो पनि घोराही उपमहानगरपालिकाकै रा १ ग ६४ न को ग्रेडर लिएर गएकी थिइन । मेडमले ग्रेडर चलाउनी हाम्ले ढुङ्गा पन्छाउने, सम्याउने यस्तै छ´ स्थानीय खिम बहादुर बस्नेतले प्वाक्क बोली हाले ।महिलामा यतिको आट चाहिँ हुनु पर्छ, हिम्मत ठूलो कुरा हो ´ बस्नेतले फेरि थपे । चौधरीले बडो होसियार सहित ग्रेडर चलाइ रहेकी थिइन् ।

उमेरले २५ कि मात्रै भइन । उनले ग्रेडर चलाउन लागेको ६ बर्ष भैसक्यो । `
चौधरी १९ बर्षको हुदा खाली समयमा भिनाजु मुक्तिनाथ चौधरीको ग्रेडर हेल्पर रुपमा साघाउथिइन । उनको भिनाजुले जलजला कन्स्ट्रक्सन घोराहीमा ग्रेडर अपरेटरको रुपमा काम गर्थे । हेल्परको रुपमा सघाउदै आएकी चौधरीलाई ग्रेडरका पार्ट पुर्जा चिन्न र चलाउन सिक्न बर्ष दिन पनि लागेन । त्यसैक्रममा उनी जलजला कन्स्ट्रक्सनमा काम गर्दै थिइन ।

उनी रोल्पामा ग्रेडर चलाउदै थिइन । घोराहीमा ग्रेडर अप्रेटरको आवश्यकता सम्बन्धि सुचना पाइन । उनी तुरुन्त आएर निबेद्न दिइन र सबै प्रक्रिया पुर्याएर छनौट भइन । भिनाजुको हेल्पर भएकी उनी एकै बर्षमा ग्रेडर अप्रेटर बन्न सफल भइन । यो सबै देन भिनाजुलाइ सम्झिन्छिन उनी । ग्रेडर चलाउन भिनाजु मुक्तिनाथ चौधरिले नै सिकाएको बताइन ।

घोराही उपमहानगरपालिकाले किनेर लिएको नयाँ ग्रेडर शुरु देखि नै मैले चलाएको होनि ´ चौधरीले खुशी व्यक्त गरिन । उनी घोराही उपमहानगरपालिकाको ग्रेडर अपरेटरको रुपमा काम गर्न लागेको पनि चार बर्ष बितिसके छ । असारे बिकासका काम धमाधम चलिरहदा उनलाइ खाना खाने आराम गर्ने फुर्सद छैन । सडक निर्माणको क्रममा उनी ग्रेडर चलाएर पहाडी जिल्ला पनि पुग्छिन । रिस्कको काम हो, अलि होसियार हुनु पर्छ´ उनले भनिन । काम गर्दा विद्युतको पोल र तारले बाधा पुर्याउने गरेको बताइन । उनले कक्षा १२ को परिक्षा पनि दिएकी छिन ।

पढाइ पनि अनिवार्य छ उनले भनिन । मुख्य कुरा इच्छाशक्ति हो, सबै कुरा सम्भब छ´ चौधरीले भनिन ` के महिला के पुरुष ? आट हुनु पर्यो सब्ले सबै काम गर्न सक्छ्न ।´ उनले ग्रेडर अप्रेटर मात्र हैन घरायसी व्यबहार पनि चलाएकी छिन । उनको परिवारमा अहिले चार जना छन ।

बुवा आमा र भाइ अनि आफु । एउटा दाइ र अर्को भाइ बिहे गरेर छुटीसकेका छन । आमा बुवाको पालन पोषण र भाइको हेर बिचार, पढाइ खर्च उनले नै गर्दै आएकी छिन । उनी आफ्नो पेशाप्रती खुशी भएको बताइन ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस