नारायणपुर उद्योग वाणिज्य संघमा सल्लाहकार तथा सदस्य मनोनित

दाङको नारायणपुर उद्योग वाणिज्य संघमा सल्लाहकार तथा सदस्यहरू मनोनित गरिएको छ । संघको आज बसेको बैठकले विभिन्न पदमा मनोनित गरी संघको सल्लाहकार तथा सदस्य मनोनित गरेको हो ।

बैठकले संघमा रिक्त रहेको मनोनित सदस्यमा कल्पना वली र दिनेश महरालाई मनोनित गरेको छ ।
त्यस्तै संघको सल्लाहकारमा विष्णुप्रसाद दाहाल, भोला बुढाथोकी र मोहनराज आचार्यलाई मनोनित गरिएको छ । संघको कानुनी सल्लाहकारमा निर्मल गौतम र प्रेस संयोजकमा आदिम केसीलाई मनोनित गरिएको महासचिव जागेश्वरप्रसाद डाँगी (विष्णु) ले जानकारी दिएका छन् ।

संघका अध्यक्ष अनिलकुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकमा निवर्तमान अध्यक्ष अभियान बस्नेत, उद्योग उपाध्यक्ष बसन्त न्यौपाने, वाणिज्य उपाध्यक्ष कुलराज खनाल लगायतले धारणा राखेका थिए ।

बैठकमा संघले आगामी दिनमा गर्ने कार्य, व्यवसायीहरूका हकहितका लागि तय गर्ने रणनीतिका विषयमा पनि छलफल गरेको महासचिव डाँगीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस