प्रतिनिधिसभा बैठकमा आज चारवटा मन्त्रालको बजेटमाथि छलफल हुँदै

काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाएको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकमाथि छलफलअन्तर्गत चारवटा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई छुट्याइएको बजेको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस