
काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत तीनवटा मन्त्रालयअन्तरगतका विभिन्न शीर्षकमा छलफल हुनेछ।
उद्योग,वाणिज्य तथा आपूर्ति ,भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ।
बैठकमा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको हो।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार