काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर रहेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेका छ भने तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार


