दाङ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा २ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
सितगंगा नगरपालिका वडा नम्बर ८ को बडिदमार भन्ने स्थानमा राप्ती नदीमा शनिबार बेलुका ४:३० बजेको समयमा जालले माछा मार्ने क्रममा एक्कासी नदीमा डुबेर बेपत्ता भएको र खोजतलासको क्रममा करिब ५० मिटर पर नदीले बगाएर किनारमा फालेको मृतकका भिनाजु रामबहादुर घर्ती मगरले बताएका छन् ।
मृतक पुनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार


