तुलसीपुर । तुलसीपुरमा अटो र बस एकआपसमा ठोकिँदा पाँचजना घाइते भएका छन्। घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर उपमहानगरपालिका ७ शान्ति पार्क चोकमा तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक थापाका अनुसार घाइते हुनेमा अटो चालक तुलसीपुर ५ बस्ने बर्ष २९ का अंकित पुन, सल्यान कुमाख गाउँपालिका ५ बस्ने बर्ष २८ की रिता बोहरा र उनका छोरा बर्ष ६ का केशब बोहरा, सोही ठाउँ बस्ने बर्ष १८ की कमला बुढाथोकी, बर्ष १६ का छबिलाल बुढाथोकी र सल्यान शारदा नगरपालिका १ बस्ने बर्ष २९ का सहदेब सुनार बस चालक रहेका छन् ।
घाइतेहरुलाई उद्धार गरी राति प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


