फोनबाटै यसरी निःशुल्क बनाउनुहोस् चित्र बनाएको जस्तै भिडिओ

काठमाडौं । तपाईं कुनै प्रेजेन्टेसन बनाउँदै हुनुहुन्छ वा कुनै शीर्षकमा भिडिओ बनाउँदै हुनुहुन्छ भने एनिमेटेड भिडिओ निकै महत्त्वपूर्ण हुन्छ । फोटोलाई नै भिडिओका रूपमा प्रस्तुत गर्दा अडियन्सले रुचाउँछन् । त्यसबाहेक फोटोले नै बी–रोलको भूमिका निभाउनु पर्‍यो भने एनिमेटेड फोटो महत्त्वपूर्ण हुन्छ ।

दर्शकलाई भिडिओमा अडाएर राख्नका लागि स्पिड पेन्टर एनिमेसन बढी प्रयोग भइरहेको हुन्छ । स्पिड पेन्टर भन्नाले कुनै पनि फोटोलाई चित्र बनाएको जस्तै इफेक्टमा देखाउन सघाउने टुल हो । यसलाई ह्वाइट बोर्ड एनिमेसन पनि भनिन्छ ।

यस्तो एनिमेसन कसरी बनाउने भन्ने खोज्नुभयो भने अधिकांश सशुल्क भर्सनको सुझाव आइरहेको हुन्छ । आज हामी फोनबाटै निःशुल्क कसरी स्पिड पेन्टर एनिमेसन बनाउने भन्ने विषयमा जानकारी दिंदैछौं ।

त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर क्यान्भा एप इन्स्टल गर्नुहोस् । (एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले माथिको लिङ्कमा क्लिक गरेर एप इन्स्टल गर्न सक्नुहुन्छ ।)

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस