टी–२० विश्वकप क्रिकेट खेलाडीलाई युरो पेन्ट्सको पुरस्कार

काठमाडौँ । जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिज प्रा.लि.को उत्पादन युरो पेन्ट्सले आइसिसि मेन्स् टी–२० विश्वकप २०२४ खेल्न लागेका नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप स्पेशल प्राइजको पुरस्कार घोषणा गरेको छ ।

प्रालिले एक विज्ञप्ती जारी गर्दै क्यान परिवारसहित क्रिकेट खेलाडीलाई परस्कार दिने घोषणा गरेको हो । विश्वकप अन्तर्गत नेपालले पहिलो खेल मंगलबार नेदरल्याड्सविरुद्ध खेल्दै छ । जसमा खेलाडीले प्रतिरन ३०० रुपैयाँ पुरस्कार पाउनेछन् भने प्रतिविकेट तीन हजार रुपैया पुरस्कार पाउने छन् ।

यस्तै प्रत्येक चौकामा १ हजार, छक्कामा ३ हजार तथा अर्धसतकमा ५० हजार र शतकमा १ लाख पुरस्कार दिने प्रा.लि.ले घोषणा गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक केल्बिन शर्माका अनुसार अमेरिका र वेस्ट इन्डिज आयोजित विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

यसबाहेक नेपाली क्रिकेट टोली सुपर ८ मा पुगेको खण्डमा २ लाख, सेमिफाइनलमा पुगेमा ५ लाख, फाइनलमा पुगेमा ७ लाख र विश्वकप जितेको खण्डमा १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ ।

जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिजले उत्पादन गर्दै आएको युरो पेन्ट्सले ‘सुन्दरता र विश्वासको प्रतीक’ नाराका साथ विश्वकपमा टिमको साहस र हौसलाका लागि सहयोग र पुरस्कारको घोषणा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै कम्पनीले नेपाली क्रिकेटको निरन्तर सफलताको शुभकामना व्यक्त गरेको छ ।

२०७५ सालमा स्थापना भएको कम्पनीले छोटो समयमा उत्कृष्ट उत्पादनका कारण उपभोक्तको मन जित्न सफल भएको छ । कम्पनीले विभिन्न बाहिरी र भित्री ६/६ प्रकारका रंगहरुको उत्पादनका साथै इनामेल र प्राइमरहरुमा पनि धेरै भेराइटी भएको जानकारी दिएको छ ।

कम्पनीले अत्याधुनिक मेसिन र जर्मन टेक्नोलोजीका साथै धेरै उत्पादनहरुमा एनएस सर्टिफाइडका कारण उपभोक्ताहरुको मन जित्न सफल भएको बताएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस