दाङमा हावाहुरीसहितको वर्षाले घर भत्किंदा एक जनाको मृत्यु

तुलसीपुर । दाङमा हावाहुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको च्यापिएर मृत्यु भएको छ ।

शनिबार बेलुका आएको हावाहुरीले तुलसीपुर उपमहानगरपालिका वडा १२ रझेना निवासी ७० वर्षीय कुलबहादुर केसी (भगवान) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

केसीको परिवारमा तीन जना रहेका थिए । तर, हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र रहेको र हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उहाँको मृत्यु भएको हो ।

उहाँकी श्रीमती भने सकुशल रहेको तुलसीपुर उपमहानगरपालिका वडा १२ का वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो । हावाहुरीले जिल्लाका केही घरका छाना समेत उडाएको पाइएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस