नेपालगञ्ज– बाँकेमा आजदेखि पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालन गरिएको छ। विसं २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई खोप दिइएको हो।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा ३५ हजार ७ सय ५ बालबालिकालाई खोप दिन सुरू गरिएको छ।
जेठ १८ गतेसम्म अभियान चलाउने र छुटेको पाइएमा २४ गतेसम्म नै खोप लगाउने तयारी गरिएको छ।
जिल्लामा २ सय ४३ खोप केन्द्रमा एक(एक जना खोप लगाउने व्यक्ति र ४ सय ८६ जना स्वयंसेवक परिचालन गरिएको छ।
आइपिभी खोप १४ हप्ता र ९ महिना उमेरका बालबालिकालाई लगाइन्छ। यो उमेरमा छुटेमा ५ वर्षभित्र ४–४ महिनाको फरकमा खोप लगाइन्छ।
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार


