पत्रकार महासंघ दाङको निर्वाचन समिति गठन

घोराही– नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि शाखा सल्लाहकार सुदीप गौतमको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । महासंघ दाङ शाखा अध्यक्ष अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले यही जेठ २६ गते हुने निर्वाचनका लागि संयोजक सुदीप गौतम, सदस्य अधिवक्ता हरि बेलवासे र शाखाका निवर्तमान सचिव भुपेन्द्रप्रकाश वलीलाई चयन गरेको हो । यसैगरी वैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको वातावरण निर्माण गर्न सम्पूर्ण सञ्चार संघसंगठन एवं अग्रजहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

यसैगरी जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृति दिवस मनाउने र नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना भएको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार शाखाका निवर्तमान सचिव भुपेन्द्रप्रकाश वलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखाले गत वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको मिडिया महोत्सवको समीक्षा गर्दै महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्ने र नेपाल पत्रकार महासंघ दाङ शाखामा निर्माण गरिएको मिडिया लाइब्रेरी एवं रिसर्च सेन्टरको उद्घाटन गर्ने निर्णय गरिएको सचिव आरके शितलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस