दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

लमही ।  दाङस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।


साथीहरू मिलेर नुहाउन गएका पौडेल अर्जुन खोलामा डुबेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पानीमा डुबेका पौडेलको खोजी गरेको थियो ।

मृत अवस्थामा फेला परेका पौडेलको शव पोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस