दाङमा पहिलो पटक शैक्षिक मेला सम्पन्न


घोराही । दाङमा पहिलो पटक शैक्षिक मेला सम्पन्न भएको छ ।
यूरेका इन्टरनेशनल एजुकेशनल सर्भीस प्रा.लिका संचालक अविन अधिकारीको अध्यक्षता एबम् घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसिको प्रमुख आतिथ्यमा उक्त मेला सम्पन्न भएको छ ।


उक्त शैक्षिक मेलाको उदघाटन गर्दै प्रमुख अतिथि डिसिले बिदेशको सीप र शिक्षा आर्जन गरि स्वदेशमा लागू गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । ` हामी सबैलाई बिदेशी मोह बढ्दैछ भन्दै बिदेशमा सीप सिक्नु, अध्ययन गर्नु राम्रो हो तर उतै बसि जीवन बिताउनु चाहिँ राम्रो होइन ´ अब देश बनाउने तपाईंको हातमा पनि छ उहाँले भन्नू भयो ।


दाङ लगायत रोल्पाका पनि उल्लेखनीय बिद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा मदन उप्रेती,नरेश सेंडाई, अमित खड्काले प्रशिक्षण दिनु भएको थियो ।


शैक्षिक मेलामा क्यानडा, यूके, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र युरोपियन देशहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।


संचालक रवि केसिको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको शहजिकरण विसाल पुन मगरले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस