स्थास्थ्यमन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अनुगमन

विजौरी । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले प्रादेशिक आर्युर्वेद चिकित्सालयले पञ्चकर्म तथा स्वर्ण विन्दु प्राशन विधिलाई प्रदेश भरि लागु गर्नका लागि पहल थालिने वताउनु भएको छ ।

पछिल्लो चरणमा आयूर्वेद प्रति आम मानिसको विश्वास वढ्दै गैरहेकोले आयूर्वेदका लागि आवश्यक दरवन्दि विशेषज्ञहरु पदपूर्ति गर्न पहल समेत गर्ने वताउनु भएको छ ।

साथै ३० वेडवाट ५० वेडका लागि वजेटको पनि व्यवस्था गर्ने वताउनु भयो । ओैषधी उत्पादन केन्द्रको भवन पनि चाडै हस्तान्तरण गर्नमा मद्दत गर्ने समेत वताउनु भयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस