बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

बबई । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बबई गाउँपालिका वडा नं. ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा मंगलबार मृत्यु भएको हो ।

दुई दाजुभाइ सोमवार मात्रै भारतबाट ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ । प्रहरीका अनुसार १६ वर्षिय दिपेश परियारको बबई नदीबाट शव निकालिएको थियो भने १८ वर्षिय दिपक परियारको उद्धार गरेर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस