संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतलाई भेटन घरमै पुगेका थिए नबनिर्बाचित अध्यक्ष केसि

तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष बिनिल केसीले जित पछि संघका संस्थापक अध्यक्षदेखि काँग्रेस नेताहरुलाई घरमै पुगेर भेटघाट गरेका छन् ।

अग्रज उद्योगी ब्यबसायीको घरमै पुगेर उनीहरु संग शुभकामना र आर्शिबाद थाप्न बिनिलसहितका नव निर्वाचित पदाधिकारीहरु पुगेका हुन ।

निर्वाचित हुनासाथ सबै भन्दा पहिला संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतलाई भेटन घरमै पुगेका थिए । त्यसपछि पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठ, चिरञ्जिबी रिजाल, हेमन्त रिजाल, गणेश प्रेम श्रेष्ठ, विरु रावत, बिमल रिजाल र रामप्रशाद चालिसे लगाएतका ब्यबसायिक नेताहरु संग उनीहरुले क्रमश भेट गरेका थिए ।

उद्योगी ब्यबसायीका साथै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, दाङ क्षेत्र नं ३ का सभापति जगतबहादुर खड्का, नेताहरु शंकर गिरी, केशव आचार्य, देबेन्द्र रिजाल लगाएतलाई घरमै पुगेर भेट गरि शुभकामना तथा आर्शिबाद लिएका थिए ।

अग्रज उद्योगी ब्यबसायीका साथै काँग्रेसका नेताहरुले अध्यक्ष बिनिलसहितको नव निर्वाचित टोलीलाई शुभकामना दिनुका साथै तुलसीपुरको ब्यबसायिक उन्नयनका लागि सबै संग मिलेर हातेमालो गर्न सुझाएका थिए ।

युवाहरुलाई स्वदेशमै बस्नुपर्छ भन्ने सन्देश दिन सफल भयौःअध्यक्ष केसि

बधाई कार्यक्रममा बोल्दै नबनिर्बाचित अध्यक्ष बिनिल केसिले युवाहरुको आफ्नो टिम बिजय भएकोमा खुसि बयक्त गरे । उनले युवाहरुलाई उधम संग जोडदै स्वदेशमै बस्नुपर्छ भन्ने सन्देश दिन सफल भएको बताए ।
उनले युवाहरुलाई स्वदेशमै रोजगारको बाताबरण श्रृजना गर्न आफुले अभियान थाल्ने बताए ।अध्यक्ष केसिले ब्यबसायिहरुका हकहित सगै पश्चिम दाङको बिकासमा उधोग बाणिज्य सघं अझ शसक्तरुपमा उभिने प्रतिबद्दता ब्यक्त गरे ।सो अबसरमा अध्यक्ष केसिले निर्बाचनमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका छन ।अध्यक्ष केसिले आम मतदाता,निर्बाचन समिति,सुरक्षाकर्मि,परिबेक्षक,कर्मचारि,पत्रकार लगायत शुभेच्छुकहरुमा धन्यवाद ज्ञापन गरेका थिय ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस