तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आव २०८१/०८२ को निति तथा वजेट तयारी कार्यक्रमका लागि सोमबार सञ्चारकर्मीसँग छलफल गरेको छ । उक्त छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले तुलसीपुर उपमहानगरपालिका सञ्चारमैत्री वन्नमा आग्रह गरेका छन ।
निति तथा कार्यक्रमका लागि जम्मै यस्तै यस्तै कार्यक्रम गरिन्छ, वजेट पनि छुट्टाइन्छ तर त्यो कार्यान्वयन हुन सक्दैन यस तर्फ ध्यान दिन सञ्चारकर्मीहरुले आग्रह समेत गरेका छन । ‘तुलसीपुर संसाझै असुरक्षित हुन्छ, महिलाहरुलाइ एक्लै दुक्लै साझपरेपछि हिड्नै कठिन्याइ । क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियान चलिरहेको छ, तर बजारको फोहर बढारेर पातुखोलामा फालिन्छ ।
फोहरलाइ मोहर बनाउने अभियान अन्तर्गत फोहरबाट प्रांगरीक मल बनाइयो, तर यसको बजारीकरण हुन सकेको छैन । मासु मण्डीमा वायोग्यास दन्दनी बलिरहेको छ, तर यसको कमर्शियल डिस्ट्रीव्युशन हुन सकेको छैन ।’ तुलसीपुर उपमहानगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/२०८२ सालको निति तथा कार्यक्रम र बजेटका सन्दर्भमा सोमवार पत्रकारहरुसंग सुझाव संकलन राखिरहंदा सहभागि सन्चारकर्मिहरुका यस्तै जिज्ञासा थिए । खासमा सन्चार क्षेत्रको भुमिका र सुझावकालागी आयोजना गरिएको छलफल कार्यक्रममा पत्रकारहरुले सुझाएका छन्, यस अघिका सुझाव र यस अघिकै निति तथा कार्यक्रमलाइ त सम्वोधन गरौं ।
पुरानै कार्यक्रम अधुरा छन् भने नयांकालागी सुझाव किन? तुलसीपुर उपमहानगरपालिकामा तात्कालिन मेयर घनश्याम पाण्डेकै पालामा कार्यपालिकाबाट पास भएको लोककल्याणकारी विज्ञापन स्थानिय सन्चारमाध्यमलाइ दिने भन्ने विषय समेत कार्यान्वयनमा आउन नसकेको पत्रकारहरुको सामुहिक अभिव्यक्ति थियो । तुलसीपुर उपमहानगरपालिकाले हरेक बर्षको निति तथा कार्यक्रममा आधारभुत तहसम्मको शिक्षा पुर्ण रुपमा निशुल्क भनिरहंदा सामुदायिक विद्यालयहरुले भने अंग्रेजी माध्यमको पढाइका नाममा विद्यार्थिका अभिभावकहरुबाट यो र त्यो वाहनामा चर्को शुल्क उठाइरहेका छन् । तर स्थानिय सरकार मौन रहेको छ । यसलाइ तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखाले पनि स्वीकार गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको सुझाव संकलन कार्यक्रममा पत्रकारहरुले स्थाइ डम्पिङ साइटको अभाव खड्किएको विषयमा पनि जिज्ञासा राखे । तुलसीपुरको फोहर नाला मार्फत जहिल्यै पनि बर्षातको खेतीको सिजनमा नाला हुदै, सिचाइ कुलो मार्फत सोझै किसानका वारीमा पुग्ने गरेको छ । बर्षौ देखिको यो समस्याले किसानहरु आहत भएका छन् । तर फोहर व्यवस्थापनमात्रै होइन, फोहोर व्यवस्थापन सचेतना समेत छैन, तुलसीपुरबासीहरुलाइ । सुचनाको हकलाइ नेपालको संविधानले मौलिक हकका रुपमा स्थापित गरीसकेको अवस्थामा पनि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गेहेन्द्र डांगिले सुचना दिन नचाहेकोमा पनि सन्चारकर्मिहरुको व्यापक जनगुनासो थियो ।
पत्रकारहरुको जवाफ विषयगत शाखाका प्रमुखहरुले दिएका थिए । कार्यक्रमको सहजीकरण टेकवहादुर खड्काले गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी वावुराम न्यौपानेले चालु आर्थिक बर्षका कार्यक्रमका विषयमा संक्षिप्त जानकारी गराएका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी सहित प्रमुख प्रशाशकिय अधिकृत गेहेन्द्र डांगिको पनि उपस्थीति रहेको थियो ।
सञ्चारकर्मीलाई सधै सहयोग गर्न तयार– नगरप्रमुख खड्का
यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले समृद्ध तुलसीपुर निर्माणकालागी सहकार्यको आह्वान गरेका छन् ।
सोमवार सन्चारकर्मिहरुसंगको छलफल कार्यक्रममा नगरप्रमुख खड्काले केहि महिना अघि मात्र तुलसीपुर उपमहानगरपालिका ऋण मुक्त भएकाले अव सन्चार क्षेत्रका गुनासा र सुझावलाइ आफुले उत्साहजनक रुपमा कार्यन्वयन गर्ने बताए । ्‘भर्खरै चालु आर्थिक बर्षमा हामी ऋण मुक्त भएका छौं, अव हामीले लोककल्याणकारी विज्ञापन लगायत एकद्धार विज्ञापन प्रणालि र लेखनबृत्तिका लागी हामी सन्चारकर्मिहरुलाइ सधै सहयोग गर्न तयार छौं’, नगरप्रमुख खड्काले भने ।
साथै उनले सुचनाको हकका सन्दर्भमा आएका गुनासाहरुलाइ पनि तत्कालै सम्वोधन गर्ने अभिव्यक्ति समेत दिएका छन् । सो अवसरमा उनले आगामि आर्थिक बर्षको बजेटमा सन्चार क्षेत्रलाइ पनि अर्थपुर्ण रुपमा सम्वोधन गर्दै समृद्ध तुलसीपुरको अभियानमा सवैको साथ र सहयोगको पनि अपेक्षा गरेका छन् ।
आगामि आर्थिक बर्षको निति र कार्यक्रम तथा बजेट ल्याउने सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाले केहि दिन देखि विभिन्न क्षेत्रगत सुझावहरु संकलन गर्दै आएको छ ।