दाङमा पहिलो पटक शैक्षिक मेला हुँदै

घोराही । दाङमा पहिलो पटक शैक्षिक मेला हुने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नंं. १५ शहिद गेटमा सञ्चालनमा आएको यूरेका इन्टरनेशनल एजुकेशनल सर्भीस प्रा.लिले आफ्नो शुभारम्भको अवसरमा जेठ ३ गते जिल्लामा शैक्षिक मेलाको आयोजना गरेको हो।

शैक्षिक मेलामा क्यानडा, यूके, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र युरोपियन देशहरुमा अध्यन गर्न चाहने विद्यार्थीहरुलाई सहजीकरण गरिने बताइएको छ।

घोराहीको होटल मालाइनमा हुने शैक्षिक मेलामा सम्बन्धित देशका प्रतिनिधिहरुको समेत सहभागीता रहने आयोजक यूरेका इन्टरनेशनलले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस