
तुलसीपुर । शनिरबार भएको मतदानको अन्तिम मत परिणाम सोमबार बिहान सार्वजनिक भए सँगै लोकप्रिय मत ल्याइ उद्योग उपाध्यक्ष पदमा निर्वाचित विश्व वस्नेतको चर्चा एकाएक हुन थालेको छ । प्राप्त मत परिणाम अनुसार दुई प्यानलबाट १७ / १७ जना र एक जना सचिव पदमा स्वतन्त्र उम्मेदवार थिए ।
उम्मेदवार मध्य भरखरै व्यवसायीमा प्रवेश गरेका युवा व्यवसायी विश्व वस्नेतको चर्चाले आम व्यवसायीहरुले चासोका साथ ल्याएका छन । दिनप्रतिदिन व्यवसायीहरु विदेश पलायन हुने वातावरणमा युवा व्यवसायी बस्नेतको जितले राम्रो सन्देश दिएको व्यवसायीहरुको वुझाइ रहेको छ ।
तुलसीपुरमा प्रतिष्ठित ब्यापारिक घरानाका भएपनि उच्च शिक्षा हासिल गरेका बस्नेतको नाम यसअघि बजारमा त्यति खास्सै चर्चामा थिएन । एकाएक गठवन्धनको तर्फवाट उम्मेदवार बनेका बस्नेतको भाषण व्यवसायीमाझ पुगे पछि मतदाताहरुले जिताउन उत्साहहित भएका देखिन्थे तर त्यो उत्साहित स्वरुपको मत गणनामा पोखियो । सुरुदेखि काँग्रेसका तर्फवाट उम्मेदवार वनेका हेमेन्द्र खड्कालाई पछाडी पारिदै ४४७ मत वढि ल्याई फाराकिलो जित हासिल गरे ।
उद्योग उपाध्यक्षमा गठबन्धनका तर्फबाट बिश्व बस्नेतले ठूलो मतान्तरका साथ बाजी मारे । विश्वले १५९० मत प्राप्त गरेका छन् । जबकी विश्वका निकटतम प्रतिष्पर्धी काँग्रेसका हेमेन्द्र खड्काले ११४३ मत मात्रै प्राप्त गरेका थिए ।
निर्वाचित बस्नेत तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतका नाति र पूर्व अध्यक्ष हिमाल बस्नेतका छोरा हुन । जो काँग्रेस निकट नै मानिन्छन् । तुलसीपुर क्षेत्रमा लामो समयदेखि व्यवसायीमा यो वस्नेत परिवारको ठुलो योगदान रहेको वुझिन्छ ।