
जनकपुरधाम । मधेश प्रदेश सरकारमा रहेका नेकपा एमालेका सबै मन्त्रीहरूले आज राजीनामा दिनु भएको छ । मधेश प्रदेश सरकारमा नेकपा एमालेका ४ जना मन्त्री तथा दुई जना राज्यमन्त्री रहेका थिए ।
नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा जसपा नेतृत्वको सरकारमा पार्टी मधेश प्रदेश सरकारमा सामेल भएका थिए ।
नेकपा एमालेबाट सरकारमा सामेल रहनु भएका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन सिंह र शिक्षा तथा संस्कृति मन्त्री प्रमोद कुमार जयसवालले राजीनामा दिनु भएको छ ।
यसैगरि राजीनामा दिने राज्यमन्त्रीद्वय स्वास्थ्य तथा जनसंख्यामन्त्री केशव राय तथा गृह, सञ्चार तथा कानूनमन्त्री शारदा थापाले रहनु भएको छ ।
मधेश प्रदेश सरकारमा रहेका ४ दल मध्ये प्रदेश सभामा रहेका २५ सदस्य भएका नेकपा एमाले तथा ९ सदस्य भएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएपछि मधेश प्रदेश सरकार पूर्ण रुपमा अल्पमतमा परेको छ ।
मधेश प्रदेश सरकारमा जनता समाजवादी पार्टीका १९ र नेकपा एकीकृत समाजवादी पार्टी ७ सदस्य मात्र सरकारमा रहेका छन् । मधेश प्रदेश सभामा १०७ जना सदस्य रहेकोमा सरकार गठनका लागि ५४ जना आवश्यक रहेको छ ।
यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारको पुनर्गठन गर्नु भएको छ । रिक्त भएका सबै मन्त्रालयहरू मुख्यमन्त्री यादवले आफूसँगै राख्नु भएको छ ।
यसै बीच जनता समाजवादी पार्टी नेपालका केन्द्रीय प्रवक्ता एवं प्रदेश सभाका सदस्य मनिष सुमनले मधेश प्रदेश सरकारको विषयमा भोली हुने केन्द्रीय समितिमा छलफल गरिने जानकारी दिनु भयो ।