तुलसीपुर उवासंघ निर्वाचनमा ८३ प्रतिशत मत खस्यो

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । उवासंघको नया नेतृत्वका लागि भएको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ।


निर्वाचन समितीका अनुसार कुल ३ हजार ४ सय ७४ मत मध्य २ हजार ८ सय ८६ मत खसेको छ । शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान सांझ ६ बजेसम्म भएको थियो ।

संघको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस