अर्जुन माविको विव्यस गठन, अध्यक्षमा चौधरी

लमही । लमही नगरपालिका-७ मा रहेको अर्जुन माध्यामिक विद्यालय हसनापुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन ।

शुक्रबार भएको अभिभाबक भेला तथा साधारण सभाले चौधरीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
सदस्यहरुमा धनपती चौधरी, निरञ्जन सिँह, चेतनारायण चौधरी, ज्योती तामाङ घर्ती र दिलकुमारी चौधरीलाई सर्बसहमतीबाट चयन गरिएको हो । सम्बन्धित वडाका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक र एकजना शिक्षक प्रतिनिधि समेत विव्यस सदस्य रहने प्रावधान छ ।

भेलाले जन्जिरु चौधरीको सँयोजकत्वमा ११ सदस्यिय शिक्षक अभिभाबक संघपनि गठन गरेको छ । जसको सदस्यहरुमा निलम चौधरी, खोजिराम चौधरी, गिरधारीलाल चौधरी, सिमा चौधरी, पुष्पा चौधरी, सुनिता चौधरी, तिलसरा पुन र मनकला घर्तिलाई सर्बसहमत चुनिएको हो । अभिभाबक संघमा बिद्यालयका प्रधानाध्यापक र एकजना शिक्षक प्रतिनिधि सदस्य रहने प्रावधान छ ।

भेलालाई संबोधन गर्दै लमही नगरका प्रबक्ता तथा ७ नम्बर वडाका वडाध्यक्ष मोहन गिरीले शैक्षिक गुणस्तरको सवालमा शिक्षक मात्र नभएर अभिभाबक पनि जिम्बेवार बन्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाध्यक्ष गिरीले खस्किदो सरकारी बिद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न सबै लाग्नुपर्ने बताए । मानिसको भबिष्यसँग जोडिएको शिक्षाक्षेत्रलाई राजनितीकरण भन्दापनि ब्यबहारिक्ता शिक्षा प्रदान गर्नतर्फ अग्रसर हुनुपर्ने बताए । उनले वडाले निमाबि सम्मको बिद्यालयलाई माबि तहको अबस्थामा पुराएर संरचनामा जोड दिएपनि खस्किदो शैक्षिक गुणस्तर तर्फ चिन्ता ब्यक्त गरे ।

बिद्यालयका शिक्षक बिनोद वलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा एकिकृत समाजबादी पार्टीका प्रतिनिधि रामाधार शर्मा, शिक्षक अभिभाबक संघका निबर्तमान सँयोजक जन्जिरु चौधरी, पत्रकार किरण बिक्रम शाह, विव्यस निबर्तमान सदस्य धुर्ब चौधरी, नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ का सभापती तथा पुर्ब विव्यस अध्यक्ष शालिकराम चौधरी, पुर्ब प्रअ नारायण प्रसाद मज्गैँया, प्रअ महेश न्यौपाने, जिसस सदस्य कुलबहादुर बुढा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

विव्यस निबर्तमान अध्यक्ष प्रेमलाल चौधरीको शभापतित्व तथा वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्य एबम् लमही नगरपालिका शिक्षा शाखा अधिकृत भवानि गिरीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको संचालन शिक्षक लक्ष्मण चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस