लमही । लुम्बिनी प्रदेशका सामाजिक विकास मंत्री रत्न बहादुर खत्रीले देशको आमुल परिवर्तनका लागि शैक्षिक प्रणाली नै सुधार गर्नु पर्ने बताउनु भएको छ ।
प्रदेशको विकासका लागि मन्त्रालयले नीति, योजना र कार्यक्रम बनाएर अगाडी बढ्ने उहाँको भनाई छ । मन्त्रालयले आयोजना गरेको युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम क्वालिटी परियोजना टिभेट शिक्षण संस्थाहरुको सुशासन र व्यवस्थापनको लागि स्थानीय सरकारको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री खत्रीले विद्यार्थीको संख्या कम भएका विद्यालयका विद्यार्थीलाई अर्को विद्यालयमा स्थानान्तर गर्नु पर्ने बताउनु भयो ।
प्रदेशको शिक्षा प्रणाली राम्रो बनाउनका लागि तीनै तहको सरकारवीच समन्वय हुनु पर्ने बताउदै पूर्वाधार निर्माणमा ध्यान कम र गुणस्तरीय शिक्षा प्रदान गर्नमा सबैको ध्यान जान जरुरी रहेको उहाँको भनाई छ । विदेश पलायन भैरहेका युवाहरुलाई रोक्नका लागि हातमा सीप र दिमागमा सकारात्मक चेतनाको विकास गर्न सकिदैन तब सम्म युवाहरु पलायन हुने क्रम निरन्तर रहिरहन्छ’– उहाँले भन्नु भयो । सामुदायिक विद्यालय पढेर डाक्टर, इन्जिनिएर, पाइलटहरु खोजौं, उनीहरुलाई गाउँ फर्किने वातावरण गरौँ र ति सामुदायिक विद्यालयहरुमा सम्बन्धित विषयमा केहि समय खर्चिन लगाऔं त्यसपछि हेरौं केहि परिवर्तन हुन्छ की हुँदैन ।
कार्यक्रममा बोल्दै मंत्री खत्रीले छिटै विद्यार्थीसंग स्वास्थ्य कार्यक्रम लागु गर्ने बारे मन्त्रालयले योजना बनाई रहेको बताउनु भयो । अबको काम परिणाम आउने गरि गर्नु पर्छ यो या त्यो बहाना बनाएर कुनै पनि कर्मचारी, शिक्षक पन्छिन पाइने छैन’– मन्त्रील खत्रीले भन्नु भयो । देशमा व्याप्त अस्थिर राजनीतिले युवा पुस्तामा निराशा छाएको भन्दै उहाँले आत्मबल बलियो गराएर नेपालमै आफ्नो कार्य कौशलता देखाउने खालको कामको ग्यारेन्टी गर्नु राज्यको दायित्व भएको बताउनु भयो । मंत्री बस्नेतले विद्यालय व्यवस्थापनमा समेत राजनीतिक भागबण्डा हुँदा शैक्षिक पठनपाठन ध्वस्त भएको भन्दै सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्नुको कारण खोज्नु पर्ने बताउनु भयो ।