व्यवसायमा जमेकी कल्पना सदस्य पदको उम्मेदवार

तुलसीपुर । कल्पना विष्ट प्युठानमा जन्मिएर दाङ कर्मथलो बनाइ व्यवसायमा जमेकी छिन् । तुलसीपुर–९ निवासी कल्पना विगत ७ वर्षदेखि व्यवसाय गर्दै आइरहेकी छिन् । पत्रकारिता क्षेत्रबाट व्यवसायमा लागेकी कल्पना तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पदमा उम्मेदवारी दिएकी छिन् ।

उनी सानै उमेरदेखि चञ्चले र निडर स्वभाव र प्रष्ट वक्ताको रुपमा चिनिन्थिन । आफ्नो गाउँका साथीहरुलाई जम्मा गरेर पुस्पाञ्जली बाल क्लब गठन गरेर त्यसको नेतृत्व आफै गरिन् । साथीहरुलाई पैसा वचत गर्न पनि सिकाउँथिन् । एसएलसी पछि स्टाफ नर्स बन्ने सोच थियो कल्पनाको । तर उनी पत्रकार हुँदै व्यवसायी बनिन् । स्नातकसम्मको अध्ययन गरेकी कल्पना पछिल्लो समय व्यापार व्यवसायमा जमेकी छिन ।

पत्रकारिता क्षेत्रमा काम गर्दै जाँदा उनी नेपाल प्रेस युनियनको केन्द्रीय पार्षददेखि क्याम्पस पढ्दा नेविसंघको सदस्य भएर काम गरिन् । दाङ आएसँगै तुलसीपुर स्थित रेडियो सञ्जिवनीमा दुई वर्ष समाचार शाखामा काम गरिन् । उनको आवाजको चर्चा अहिले पनि दाङमा हुने गर्छ । साथै उनले वडा नागरिक मञ्चको उपाध्यक्ष भएर काम गरिसकेकी छिन् । आफ्नो सुमधुर आवाजले सबै स्रोताको मनमा डेरा जमाइसकेकी उनी ६ वर्षसम्म पत्रकारिता गरेर व्यवसायमा आएकी छन ।

२०७४ सालदेखि तुसीपुरको विपि चोकदेखि पश्चिमतर्फ कल्पना कस्मेटिक पसल सञ्चालन गर्दै आएकी छिन् । व्यवसाय सञ्चालन पछि व्यवसायीहरु माझ चर्चामा रहेकी कल्पना अहिले उद्योग वाणिज्य संघको सदस्यको उम्मेदवार बनेकी छिन । विनिल केसी नेतृत्वको टिममा सदस्यको उम्मेदवार रहेकी कल्पना व्यवसायमा जस्तै अहिले उद्योग वाणिज्य संघको निर्वाचनमा पनि चर्चामा छिन् ।

‘महिलाहरु घरमा बसेर मैले केही गर्न सक्दैन्, मसँग पैसा छैन्, बुहारी मान्छे चुलोचौकोमा मात्रै सीमित हुनुपर्छ भनेर कुन्ठित हुनुपर्छ भन्ने सोच परिवर्तन गर्नुपर्छ ।’ उनी भन्छिन् ‘महिलाले अवसर पाएमा गर्न सक्छन भन्ने देखाउनु पर्छ ।’ कल्पना सानैदेखि आटिलो स्वाभावकी थिइन् । र उनले हरेक क्षेत्रमा काम गर्दा उनले आटेको पनि हुँदै आएको छ । महिलाहरुलाई व्यवसायसँगै राजनीति गर्न कठिन छ । तर कल्पनालाई ससाना कुराले पछाडी पार्न सकेको छैन् । दुख हर चिजमा गर्नुपर्छ दुख गरेपछि मात्रै प्रतिफल पाइन्छ भन्ने उनको बुझाइ छ ।

हरेक क्षेत्रमा काम गर्दै सफल बन्ने हिम्मत जुटाउने कल्पना तुलसीपुर उद्योग वाणिज्य संघको यही वैशाख २९ गते हुने निर्वाचनमा बिनिल केसी नेतृत्व रहेको टिममा महिला सदस्य उम्मेदवार हुन् । पहिलेदेखि आटिलो स्वभावको भएकाले व्यवसायी लगायत महिला, पार्टीले पनि टिकट दिएपछि सबैबाट सहयोग पाइ रहेकी छिन् । व्यवसाय गरेर आफ्नो लागि मात्र नभएर व्यवसायीहरुको लागि पनि केही राम्रा पहलहरु गर्नुपर्छ भनेर संघमा उम्मेदवार दिएको उनको भनाइ छ ।

कल्पना संघमा महिला सदस्यको लागि बलियो उम्मेदवारको रुपमा रहेकी छिन भने चर्चित उम्मेदवार पनि बनेकी छिन ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस