केसी प्यानलको पत्रकार सम्मेलन

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस समर्पित विनिल केसी नेतृत्वको प्यानलले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेको छ ।

बिहीवार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा सो प्यानलका नेतृत्वकर्ता अध्यक्ष पदका उम्मेदवार केसीले आफ्नो प्यानल निर्वाचित भएसँगै साना तथा मझौला उद्योगको प्रवर्द्धन गरी व्यवसायिक पलायन रोक्ने तथा मुख्य बजार क्षेत्रमा हाइमाक्स ल्याम्प तथा सिसीक्यामेरा जडान गरी व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा केसीले तुलसीपुर उद्योग वाणिज्य संघले यसअघि सारेका टरिगाउँ विमानस्थलको स्तरोन्नति, तुलसीपुरलाई व्यवसायिक हवको रुपमा विकास गर्न दाङ–सुर्खेत सडकखण्डको स्तरोन्नतिका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोरोनापछि शुरु भएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलाइन भइरहेको अवस्था छ । यसको न्यूनीकरण गर्न युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने हाम्रो लक्ष्य हो । साथै तुलसीपुर सुरक्षित छ भन्ने अनुभूति दिलाउन सुरक्षा संयन्त्रलाई सशक्त बनाउने सवालमा हाम्रो क्रियाशीलता रहनेछ ।’

प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा झएको कार्यक्रममा मुख्य वत्ता केसीले आफ्ना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार शरद रेग्मीले विषय प्रवेश गराउनुभएको थियो भने गोपाल शर्मा भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस