धर्म र संस्कृतिले मानिसलाई एकताको सुत्रमा बाँध्छ – नगर प्रमुख चौधरी


लमही । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले धर्म र संस्कृतिले मानिसलाई एकताको सुत्रमा बाँधेर राखेको बताउनु भयो । फरक-फरक समुदाय मिलेर समाज निर्माण भएको भन्दै आ-आफ्नो धर्म र संस्कृतिको रक्षा गर्नु सबैको दायित्व भएको उहाँको भनाई छ ।

चौधरी भक्त समाज तथा सुन्डबरी गाउँबासीद्वारा केहि अहिना अगाडी आयोजित श्रीमद भागवत महापुराण महायज्ञबाट संकलित भएको रकमबाट राम मन्दिर निर्माण गर्ने विषयमा भएको छलफल कार्यक्रममा नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

धर्मका नाममा अराजक फैलाउने, समाज भड्काउने, समाजलाई गलत बाटोतर्फ धकेल्ने जस्ता कार्य कानून विपरीत हुने भएकोले त्यता तिर सबै सचेत हुन जरुरी छ”- नगर प्रमुख चौधरीले भन्नू भयो ।

वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले धर्म संस्कृतिको जगेर्ना गर्न मठ मन्दिर निर्माणमा आफू प्रतिबद्ध रहेको बताउनु भयो । स्थानीय सरकारले गरेको परिकल्पना पूरा गर्न जनताको साथ रहनु पर्ने वडा अध्यक्ष पौडेलको भनाई छ । केही महिना अगाडी भक्त समाजले सुन्डबरीमा आयोजना गरेको महायज्ञमा संकलन भएको रकममा वडा कार्यालयबाट १२/१५ लाख रकम विनियोजन गर्ने बताउनु भयो ।

भक्त समाज देउखुरीका सचिव सत्य नारायण चौधरीले महायज्ञबाट संकलित रकमले राम मन्दिर निर्माण गर्ने योजना रहेको बताउनु भयो ।

श्रीजनशील बृद्ध बृद्धा सेवा समितिका अध्यक्ष तमिना शर्माको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण लक्ष्मण पवन शर्माले गर्नु भएको थियो ।

प्रमुख बाचक श्रीकृष्ण शरण दास, धर्मप्रति आस्था राख्ने त्यहाँका भक्तजन लगायतसंग श्रीजनशिल वृद्ध सेवा समितिको आयोजनामा राम मन्दिर निर्माणको प्रारम्भिक छलफल भएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस