धार्मिक स्थल विकासका लागि प्रदेश सरकार साथमा छ – मंत्री बस्नेत


लमही । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले धार्मिक क्षेत्रको विकासका लागि प्रदेश सरकारले गुरुयोजना बनाएर कार्यान्यवन गर्ने बताउनु भयो ।

बिहिबार दाङको रिहार पुग्नु भएका मंत्री बस्नेतले बगारबाबा धार्मिक विकास क्षेत्र परिसरमा निमार्ण गर्न लागिएको शिव मन्दिरको शिलान्याश गर्दै प्रदेशलाई देश तथा विदेशमा चिनाउने पर्यटकीय र धार्मिक क्षेत्रमा प्रदेश सरकारले लगानी गर्दछ, यसको प्रत्यक्ष लाभ स्थानीयले लिनु पर्छ’- मंत्री बस्नेतले भन्नु भयो ।

लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले जिल्लाका सबैजसो धार्मिक र पर्यटकीय क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनु भयो । लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले नेपाल सरकारको सय गन्तव्य मध्ये रिहार धाम एक भएको बताउदै यहाँको विकासका लागि प्रदेश र संघीय सरकारले वजेट विनियोजन गर्नु पर्ने बताउनु भयो । स्थानीय सरकारले छुट्याएको बजेटले मात्र विकास गर्न नसकिने उहाँको भनाई छ ।

लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीले छिमेकी मुलकका भक्तजनहरुको आगमनले आयस्रोतको बाटो हुने गरेको भन्दै रिहार धामलाई अझै सेवा सुविधा सहितको विकास गर्न सके मनग्य आर्थिक जुट्न सक्ने बताउनु भयो । अझै पनि बगार बाबा धार्मिक स्थलमा धेरै काम गर्न बाँकी रहेको जानकारी गराउदै मन्त्रालयबाट सक्दो पहल गरिदिनु पर्ने बताउनु भयो ।

मंत्री सहितको टोलीले बगार बाबा धार्मिक विकास क्षेत्रमा रहेका सबै शक्तिपीठको स्थलगत अवलोकन गर्नुका साथै वडा नम्बर ९ मा रहेको भीमवाँधको पनि अवलोकन गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस