बजेटले महत्त्वपूर्ण सुधारका कामहरू अघि बढाउँछ: अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आशावादी बनेर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बनिरहेको बताएका छन्।

बिहिवार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रिबजेट छलफलमा उनले विभिन्न विषयमा महत्त्वपूर्ण सुधारका कदमसहित आसा जगाउने गरि बजेट ल्याइने बताए।

बजेट निर्माणका क्रममा धेरै क्षेत्रसङ्ग सरकारले अन्तरक्रिया गरिसकेका र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए। गत वर्ष भन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको बताए।

‘निजि क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिन्छौ, परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई हामी प्राथमिकता दिन्छौं । यद्यपि कुनै व्यक्तिप्रति प्रश्न उठेमा त्यसको जवाफदेही स्वयं व्यक्ति हुनुपर्ने बताए।

प्रश्न उठेकै आधारमा अपराधी बनाउने आखाले हेर्न छोड्नु पर्ने भन्दै उनले मनोबल उठाउने कोसिस गरिने बताए।

मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ। लगानी सम्मेलनमा सरकारले कानुन संसोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजि क्षेत्र सङ्गै रहेको बताए। औद्योगिक वातावरण बनाउन बजेटले भुमिका खेल्ने उनको भनाइ छ।

सरकारका पनि आफ्नो सीमाहरु रहेको भन्दै यसलाइ फुकाउदै जानुपर्ने बताए। वित्तीय नीति र मौद्रिक नितिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफू सहमत रहेको उनले बताए। यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए।

अर्थमन्त्री र गभर्नर टाढा बसेर प्रतिस्पर्धा गर्ने बिषय नरहेको भन्दै सबैको लक्ष्य मुलुकको बिकास नै रहेको बताए। बजेट बनाउदा ठूलो प्रेसर भोग्नु परेको भन्दै मन्त्रालयहरुले सिलिङ बढाउन दवाव दिइरहेको बताए।

फरक–फरक धारणका बिचबाट संतोषजनक बजेट ल्याउनुपर्ने आवश्यक रहेको भन्दै उनले सुधारमा जोड दिने बताए। युवामा भरोसा जगाउने प्रयासमा आफ्नो जोड हुने बताए। कसैको प्रभावमा नपरी पुस्ट्याइ सहित नितिहरु परिवर्तन गरिने उनले बताए।

खर्च गर्न नसकीएको अवस्था सुधार गर्दै आगामी आवमा निजि क्षेत्रको स्रोत परिचालनलाई प्राथमिकता दिने बताए।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस