कथाकार ‘जिज्ञासु’को कचहरी कथासंग्रहको विमर्श कार्यक्रम सम्पन्न

लमही – कथाकार कल्पना पौडेल ‘जिज्ञासु’ज्युको ‘कचहरी’ कथासंग्रह विमर्श कार्यक्रम देउखुरी गजल अभियानको आयोजनामा लमहीमा सम्पन्न भयो ।

अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल ‘बुलबुल’को अध्यक्षता सुरु भएको कार्यक्रममा बोल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङका अध्यक्ष नीमबहादुर थापाले कल्पना पौडेल ‘जिज्ञासु’ कचहरी कथासंग्रह मार्फत सशक्त नारीवादी हस्ताक्षरका रुपमा उदाएको बताउनु भयो । कथा संग्रहमा नारी पात्रलाई एकदमै शक्तिशाली पात्रका रुपमा चित्रण गरिएको अर्का वक्ता राधा गौतमले बताउनुभयो ।

अहिले नेपालमा भाषा, संस्कृतिलाई खतम पार्ने काम भइरहेकोले साहित्यकारहरुले देश र समाजको हितलाई छलफल तथा लेखनको विषय बनाउनुपर्ने बताउनुभयो ।

साहित्यकारहरु यम रेग्मी, दीपक समीर, सुरेशकुमार पाण्डे, प्रबल विष्ट, अभि क्षेत्री समर्पण, ऋषिराम सापकोटा, रेशम बिसि, सन्जना शर्मा, नारायण योगी, जागेश्वर घिमिरे, बेदुलाल सुवेदी, शशिधर ज्ञवाली, गिरिराज खनाल, बालमुकुन्द शर्मा आचार्य, योगमायाँ शाही, दीपा केसी, कर्म पुन, सुन्दर प्रसाद चौधरी, तिलादेवी शाह, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गीतकार तथा गजलकार गोविन्द रसाइलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अभियानका सदस्य केशव दीपक शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस