खैरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

दाङ । शान्तिनगरको खैरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पश्चिमदेखि तुलसीपुर जाँदै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर–७ खैरेनी प्रतिक्षालय नजिक पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा पैदलयात्री सल्यान घर भई हाल शान्तिनगर–७ खैरेनी निवासी वर्ष ७२ का शमसेर थापा रहेका छन् । थापाको राप्ती प्रादेशक अस्पताल तुलसीपुरमा उपचारको क्रममा ६:४० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा घाइते हुनेमा बबई गाउँपालिका– ३ हंसपुरका ३० बर्षका मोटरसाइकल चालक कमल विक, मोटरसाइकल पछाडि बसेका बाँके घर भएका २५ बर्षका प्रकाश रसाइली रहेका छन् । घाइते मध्ये रसाइली गम्भिर घाइते भएका छन् ।

रसाइलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घाइतेहरुको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले उद्धार गरी अस्पताल लगेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस