लुम्बिनी । लुम्बिनी विदेशी पर्यटकहरूको आकर्षको केन्द्र हो । यहाँ विभिन्न देशबाट भ्रमणका लागि पर्यटकहरू आइपुग्छन् । विदेशी मात्र हैन, स्वदेशीका लागि पनि घुम्नका लागि लुम्बिनी आकर्षक ठाउँ हो । तर, पर्यटकको आकर्षणका लागि राखिएको नेपाली झण्डाको अवस्थाले भने नेपाल र नेपालीकै बेइज्जत गराएको छ ।
लुम्बिनी विकास कोषको यो हदसम्मको लापरबाहीले गर्दा विश्वमा नेपालको शिर निहुरिएको छ । यहाँ आएर फर्किका हरेका पर्यटकले आफ्नो देशमा पुगेपछि नेपालको झण्डाबारे बे बयान गर्लान् यो कुनै पनि सरकारी पक्षले सोचेको छैन् । लामो समयदेखि नेपालको भण्डा च्यातिर फरफराइरहेको छ । यो दृष्य सबैले देखिरहेका छन् ।
लुम्बिनी विकास परिषदको केन्द्रीय नहर स्थित मण्डलमा राखिएको नेपालको झण्डा च्यातिएको अहिले हैन । लामो समय भइसकेको छ । यहाँ थरिथरिका पर्यटनमन्त्रीहरु आइपुगे तर, यो झण्डाको अवस्था फेरिएको छैन् । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइए पनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ ।
पर्यटकीय केन्द्रको रुपमा यहाँँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन । त्यो सेल्फीमा च्यातिएको भण्डा आउँछ । कति पर्यटकहरूले फोटो खिच्दा नै नेपालको खिस्सि उडाउँछन् । यसको प्रदेश सरकारो पनि ध्यान गएको छैन् ।


