क्याम्पस अफ लाइफ साइन्सेस तुलसीपुरमा ताला

तुलसीपुर । विएस्सी एजी प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुको समयमै पढाइ संचालन नभएको भन्दै क्याम्पस अफ लाइफ साइन्सेस तुलसीपुर दाङमा विद्यार्थीहरुले ताला लगाएका छन । गत माघ महिना भर्ना भएका विद्यार्थीहरुको अहिलेसम्म पढाइ नभएको भन्दै विद्यार्थीहरुले मंगलबार क्याम्पसमा ताला लगाएका हुन ।

विद्यार्थीहरुले एक बिज्ञप्ती जारी गर्दै क्याम्पसले बिगतदेखि नै भोलि–भोलि भनेर टारिरहेको र विद्यार्थीहरुको भविष्य माथी खेलवाड गरेको उल्लेख गरेका छन् । ‘टियु बाट सञ्चालन भएका अन्य कलेजहरुमा पढाइ भएर पनि आन्तरिक परीक्षा भइरहेको छ । तसर्थ आजकै मितिदेखि कलेज प्रशासन र सम्पूर्ण कक्षाको पठनपाठन बन्द हुने गरि ताला लगाएको जानकारी गराउँदछौं ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।

आफ्ना मागहरु सुनुवाइ नभए आफुहरु कानुनी प्रक्रियामा जाने र माग पूरा नभएसम्म कलेज प्रशासन बन्द रहने उनले जानकारी दिएका छन ।

दुई दिनभित्रमा पढाइ सुरु हुनुपर्ने र पढाइ सुरु गर्न नसकेमा अन्य क्याम्पसमा स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग छ । साथै विद्यार्थीहरुले ताला लगाउनमा सहजीरकरण गर्ने अनेरास्ववियु र नेविसंघलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस