कटुवा पेस्तोलसहित तीन जना पक्राउ

बाँके । नेपालगन्जमा कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् ।

बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, लोनियनपुरुवाबाट कटुवा पेस्तोल र गोलीसहित भे ६ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सदाराम बागवान, साकिरअली बागवान र हुसेन बागवान रहेका छन् ।

प्रहरीले शङ्का लागेर जाँच गर्दा पेस्तोल बरामद भएको जनाएको छ । सदाराम र साकिर नेपालगन्ज २३ र हुसेन नेपालगन्ज १४ निवासी हुन् । उनीहरूबाट एक थान पेस्तोल र एक थान गोली बरामद भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएनुभयो।

प्रहरीले उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस