लमही । त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले यातायात मजदुरहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गराएको छ ।
शनिबार लमहीमा एक कार्यक्रमको आयोजना गरि त्रिचालीस जना यातायात मजदुर प्रेसर, सुगर र आँखा सम्बन्धि चेकजाँच गरिएको त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालि लमहीका प्रशासनिक इन्चार्ज कृष्ण रसाइलीले जानकारी दिनु भयो ।
प्रालिले यस्ता खाले कार्यक्रम विगत देखि गर्दै आएको त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालि कर्मचारी युनियन दाङ जिल्ला उपाध्यक्ष यज्ञ बहादुर वली प्रकाशले बताउनु भयो ।
प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले यातायात मजदुरहरुको स्वास्थ्य चेकजाँच अत्यन्तै महत्त्वपूर्ण पक्ष भएको बताउनु भयो । मादक पदार्थ सेवन देखि लिएर आँखा सम्बन्धि समस्या भए नभएको समेत बेलाबेलामा परिक्षण हुनु पर्ने कुरामा नगर प्रमुख चौधरीले जोड दिनु भयो ।
पत्रकार दशरथ घिमिरे, लमही ट्राफिकका इन्चार्ज भुपेन्द्र प्रसाद गौली,वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी लगायतले बोल्नु भएको थियो ।
कल्याणकारी सचिव मीन प्रकाश भट्ट (प्रकाश ) ले स्वागत मन्तव्य र सहकल्याणकारी सहसचिव ऋषिराज रावतले सहजीकरण गर्नु भएको थियो ।