
बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ कुटेचौर स्थित रहेको नव जागरण माध्यमिक विद्यालय कुटेचौरलाई आर्थिक सहयोग प्राप्त भएको छ । आइतबार झरना सामुदायिक वन उपभोक्ता समिति तुलसीपुर १९ रनियापुरले विद्यालयलाई ६५ हजार नगद सहयोग गरेको हो ।
विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनको लागि आर्थिक सहयोग प्रदान गरेको सामुदायिक वनका अध्यक्ष खड्कबहादुर ओलीले बताए ।

सो अवसरमा सामुदायिक वनका सचिव सुशीला रोका, कोषाध्यक्ष जंगबहादुर मल्ल, सहसचिव राजकुमार विश्वकर्मा तथा रनियापुर टोलविकास संस्थाका अध्यक्ष एवम् सामुदायिक वनका सल्लाहकार चूर्णबहादुर पार्धेको उपस्थिति रहेको थियो ।
सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्याक टंक केसीले सहयोग गर्ने सामुदायिक वन समितिलगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार