लुम्बिनी प्रदेश लोकसेवाद्वारा ७९ अनमी र ७४ अहेब माग

काठमाडौं– लुम्बिनी प्रदेश लोकसेवा आयोगले स्वास्थ्यमा सहायक चौथो तहका प्राबिधिक पदहरुको बिज्ञापन गरेको छ। प्रदेशको स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाका लागि खुला तथा समावेशी पदमा विज्ञापन गरिएको हो।

अनीमीमा ४१ खुला, आदिवासी जनजाति १२, मधेशी ६, दलित ६ माग गरिएको छ। यसैगरी अहेबमा खुला ४१, महिला १२, आदिवासी जनजाति ११, मधेशी ६, दलित ४ जना माग गरिएको छ।

यसैगरी वैद्य ५ जना र ल्याब असिस्टेन्ट १ जना माग गरिएको छ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस