पत्रकारलाई ‘गोली हानेर मार्छु’ भन्दै धम्की दिने उपसचिवले माफी मागे

काठमाडौँ । सिराहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) श्रीधर केसीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति क्षमा याचना गरेका छन्।

केसीले यही चैत २१ गते सिराहाका पत्रकार अर्जुन थपलियालाई गोली हानेर मार्ने र २० वर्ष जेल बस्ने भन्दै फोनमा धम्क्याएका थिए।

  • पत्रकार थपलियालाई उपसचिव केसीको धम्की: तँलाई गोली हानेर मार्छु, २० वर्ष जेल बस्छु

मानवीय त्रुटीको कारण आफूबाट फोनमा यस्तो अभिव्यक्ति आएको भन्दै उनले माफी मागेका हुन्।

गोलबजार नगरपालिकाका प्रतिनिधि र सिराहाका पत्रकारसहितको उपस्थितिमा बिहीबार उपसचिव केसी र थपलियाबीच सात बुँदे सहमति भएको छ।

हेर्नुहोस् सहमति पत्र

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस