
सिन्धुली । सिन्धुलीको एक एनसेल टावरमा बम बिस्फोट भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–५ गैयाटार स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको स्थानियले जनाएका छ्न ।
बुधबार राति करिब १ बजेतिर विस्फोट भएको स्थानीय बासिन्दाको भनाइ छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ भने बिस्फोट गर्नेहरुको खोजी हुनुका साथै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार