
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकामा प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नवनियुक्त मुख्यमन्त्री कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
प्रदेश प्रमुख परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएसँगै प्रदेशका विशिष्ट व्यक्तिहरूले नवनियुक्त मुख्यमन्त्री कँडेललाई बधाई तथा शुभकामना दिनु भएको छ ।
नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता समेत र कँडेलले नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मङ्गलवार हुनुभएका मुख्यमन्त्री पलमा नियुक्त हुनुभएको थियो ।
प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार