काठमाडौँ । नेपाल शसस्त्र प्रहरीको बलम्वुस्थित केन्द्रीय गोदामघरमा आगलागी भएको छ । दिउँसो करिव ४ बजेदेखि शुरू भएको आगलागि अझै पनि पूर्ण नियन्त्रणमा आएको छैन ।
काठमाडौ, ललितपुर लगाएतका करिब १० भन्दा बढि बारूणयन्त्र, सशस्त्र प्रहरी,नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन । केन्द्रीय भण्डार घरमा लागेको आगलागीमा बन्दोबस्तिका सामान, लताकपडा लगायत सामानहरू नस्ट भएका छन ।
यसैबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आगलागी भएको स्थान बलम्बु पुगी आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनु भएको छ ।
प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार


