घोराही– नेकपा माओवादी केन्द्र घोराही नगर कमिटीको अध्यक्षमा खिमबहादुर चौधरी (अटल) चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षहरुमा भागीदास चौधरी (साकार), दिलकुमारी बुढा, मने विश्वकर्मा (उदय), सचिवमा बसन्त चौधरी, सहसचिवमा शक्तिराम डाँगी र कोषाध्यक्षमा सुमन रोका चयन हुनुभएको छ ।
यसैगरी कार्यालय सदस्यहरुमा विकास मल्ल (जलन) र रेमन्ता पुन चयन हुनभएको छ । नगर अध्यक्ष राजन वलीको अध्यक्षता एवं केन्द्रीय सदस्य भीमकुमारी बाँठाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर), जिल्ला सहइन्चार्ज रामबहादुर दहित (अञ्जान) र जिल्ला सचिव विश्वराज आचार्यले प्रशिक्षण दिनुभएको थियो ।
प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार


