दाङको देउखुरीमा बस दुर्घटना, १३ जना घाइते

बुटवलबाट सुर्खेतका लागि छुटेको यात्रुबहाक बस दाङको देउखुरीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन् ।

लमही नगरपालिका–३ वनगाउँमा दुई वटा बस एक–आपसमा ठोकिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस एक–आपसमा ठोकिएका थिए ।

दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई बुटवल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस