लक्ष्मण बस्नेत, दाङ । दाङ जिल्ला फुटबल संघले जिल्ला छनौटमा परेका १३ वर्षमुनि छात्रछात्रा फुटबल खेलाडीहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको युवा बिकास परियोजना कार्यक्रम अन्तरगत एन्फा टेक्निकल सेन्टरमा एकेडेमी संचालन गर्न गरिएको जिल्ला छनौटमा दाङबाट छात्र तर्फ ४७ र छात्रा तर्फ १४ खेलाडी छनौट गरिएको हो ।
तुलसीपुर अरनिको मैदानमा शुक्रबार र शनिबार भएको छनौट प्रतियोगितामा सहभागी भएका जिल्लाका विभिन्न स्थानीय तहका गरि ४ सय ४ जना खेलाडी मध्येबाट खेलाडी छनौट गरिएको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले जानकारी दिनुभएको छ ।
छनौट परेका छात्र खेलाडीमा प्रदिप घर्ती, तिलक बुढा, सुमन कुँवर, नबिन शाही, बिकाश पुन, सुमन पुन मगर, भुपेन्द्र जी एम, निश्चल, सुशान्त जिएम, सुनार, संगम चन्द, यमराज डाँगी, बिभान भण्डारी, सोहेल बि क, आभाष योगी, संजय ओली, हेमराज बिक, समायोजन परियार, सम्राट बस्नेत, आर्जन गौतम, सुपप सिंह, आर्यन बुढा, प्रतिक के सी, नबिन रावत, रेमन ओली, रिकेश केसी, दिनेश केसी, बिपिन बस्नेत, संयोग बुढा, प्रज्वल खड्का, आयुष बुढाथोकी, सुजन अग्री, कृष्ण बिक, बिशाल रावत, समिर चौधरी, देब बहादुर ओली, राज कुमार राना, सफल सिंह, सक्षम नेपाली, निकेश बोहरा, रंजित नेपाली, अनमोल सुनार, एलिश मगर, आयुष ओली, बिशाल रावत, करिम मिया, सन्दीप केसी, सम्युल श्रेष्ठ रहेका छन् ।
त्यसैगरी छात्रा तर्फ आयुषा गिरी, पाना शाह, एलिशा सुनाम, करिष्मा कुँवर, काजल बिक, पुनम खड्का, दीपशिखा केसी, रीतिका घर्ती, तुलसा रोका, सृष्टि चन्द, सरस्वती रोका, चेतना ओली, रेजिना ओली र वर्षा अधिकारी रहेका छन् ।
छनोट परेका खेलाडिले यहि चैत २४ देखि ३० गतेसम्म संचालन हुने लुम्बिनी प्रदेश स्तरिय छनौट प्रतियोगितामा भाग लिनेछन् भने प्रदेश छनौटमा परेका खेलाडीहरुले वैशाख ३ देखि १० गतेसम्म हुने राष्ट्रिय छनोटका लागि सहभागिता जनाउने दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।
छनौट कार्यक्रमको अनुगमन, निरीक्षण लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष केशव चौधरी मिग्मा र छनौट कमिटिको संयोजक तथा एन्फा दाङका कोच दुर्गा राजलवट रहनु भएको थियो । जिल्लास्तरीय छनौट प्रतियोगितामा ३० जना छात्रा र ३ सय ७४ जना छात्र गरि ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका थिए ।


