दाङमा बन्यो कांग्रेस नेता खड्काको शालिक, देउवाले गरे अनावरण

दाङ– नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङमा शालिक निर्माण गरिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले एक कार्यक्रमकाबिच शुक्रबार उक्त शालिक अनावरण गरेका छन्।

जिल्लाको लमही नगरपालिका– ९ अमिलियामा शालिक बनाइएको हो। खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो। खड्का कांग्रेसमा पूर्व महामन्त्रीको जिम्मेवारीमा समेत थिए।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस